• Tuesday 6th of October 2026

सन्दीपको टोलीको पहिलो जित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पहिलो जित दर्ता गरेको छ ।

पहिलो खेलमा जनकपुर बोल्टस र दोस्रोमा सुदूरपश्चिमसँग पराजित भएर निराश बनेको विराटनगरले पहिलो जित निकाल्दै फ्यानप्रति आशा जगाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

विराटनगरका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । लोकेशले ४७ बलमा ७१ रन बनाए । उनले ६ छक्का र ३ चौका प्रहार गरे । बसिर अहमदले ४० रन जोडे । मार्टिन गप्टिलले २८ रन बनाए ।

कप्तान सन्दीप लामिछानेले यस खेलमा विकेट लिएका थिए । जुन एनपीएलमा उनको पहिलो विकेट हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖