• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

फ्रान्समा बर्नियेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित


  • धनकुटा खबर
  • .

पेरिस । फ्रान्समा प्रधानमन्त्री मिशेल बर्निये नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । उनी विरुद्ध संसदमा भारी बहुमत आएको थियो ।

फ्रान्समा अविश्वासको प्रस्तावबाट कसैको सरकार ढलेको यो सन् १९६२ यता पहिलो पटक हो । सोमबार उनी विरुद्ध दक्षिणपन्थी र वामपन्थी दलहरू मिलेर अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

प्रधानमन्त्रीले मतदान नै नगरी बजेट पारित गर्न विशेष शक्ति प्रयोग गरेपछि उनीविरुद्ध सो प्रस्ताव पेस भएको थियो । बर्निये तीन महिना अघि मात्रै प्रधानमन्त्री थिए । उनले आजै राजीनामा दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖