• Tuesday 6th of October 2026

नरेन साउद बने ‘प्लेयर अफ द म्याच’


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

बिहीबार भएको खेलमा ५ विकेट लिएका नरेन ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । एनपीएलमा फाइफर पूरा गर्ने नरेन पहिलो नेपाली खेलाडी बनेका छन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘एनर्जेटिक मोमेन्ट अफ द म्याच’ प्राप्त गरेका छन् । उनले २५ हजार रुपैयाँ पाएका छन् ।

यस्तै, काठमान्डुका स्टीफन एस्किनाजीले ‘सुपर फोर’को पुरस्कार जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।

सुदूरपश्चिमका ब्राण्डन म्याकमुलनले ‘क्याच अफ द म्याच’ अवार्ड प्राप्त गरे । उनले २५ हजार रुपैयाँ पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖