• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउन खोजेको आरोपमा रास्वपा कार्यकर्ता प्रहरीको नियन्त्रणमा


  • धनकुटा खबर
  • .

झापामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार दमकको टावर र अन्य विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापामा छन्।

उनी पुग्दा मेचिनगर नगरपालिका-७ स्थित इट्टाभट्टाबाट एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

प्रहरीको नियन्त्रणमा रहेका व्यक्ति शम्भु ढकाल छन्। उनी २०७९ सालमा प्रतिनिभि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए।

उनले हुलहुज्जत र प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोजेको भन्दै नियन्त्रणमा लिइएको डिएसपी चन्दले बताए।

उनलाई नियन्त्रणमा लिइएको भएपनि आजै छोडिने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖