काठमाडौं । सरकारबाट बर्खास्तीमा परेका आईजीपी दानबहादुर कार्की सर्वोच्च जाने तयारी गरेका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई बर्खास्त गर्दै डा. मनोजकुमार केसीलाई आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सो पश्चात कार्कीले कानुन व्यवसायी स्वागत नेपालसँग अदालत जानेबारे परामर्श गरेका छन् ।
‘के गर्ने भनेर सोध्नुभयो, कानुनी लडाइँ बाहेक अर्को बाटो छैन भनेको छु,’ अधिवक्ता नेपालले भने ।
रिटका लागि पुराना नजिरको अध्ययन भइरहेको र आजै दर्ताको प्रयास भइरहेको कार्की निकट एक प्रहरी अधिकारीले बताए ।
