• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएपछि सरकारले के भन्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरिएको दाबी गरेको छ । कार्कीलाई पदबाट हटाइएको विषयमा सञ्चारकर्मीले साेधेकाे प्रश्नमा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यो कारबाही नभई जिम्मेवारी परिवर्तन मात्रै भएको बताएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई उक्त जिम्मेवारीमा खटाउने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता अनुसार वर्तमान विशेष परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी परामर्श र सल्लाह दिन नयाँ पद सिर्जना गरिएको हो ।

‘सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही गरेको होइन, जिम्मेवारी हेरफेर मात्रै गरेको हो,’ पोखरेलले सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै भने ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖