• Tuesday 6th of October 2026

पुष्पा २’ को प्रिमियरमा महिलाको मृत्यु, तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

हैदराबादमा चलचित्र ‘पुष्पा २’ को प्रिमियरको क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, प्रबन्धक नागराजु र सुपरभाइजर बालकनी रहेका छन्।चिक्कडपल्ली प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको जानकारी दिएको छ।

तीनै जनालाई न्यायिक हिरासतमा पठाइएको छ। उक्त भागदौडमा घाइते बालकको स्वास्थ्य सुधार भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अल्लु बुधबार राति हैदराबादको सन्ध्या थिएटर पुगेका थिए। उनलाई हेर्न भीड जम्मा भयो।

एक्कासी भागदौड मच्चिँदा रेवतीको मृत्यु भयो भने ३ जना घाइते भए। रेवतीका ९ वर्षीय छोरा श्रेतेज घाइते छन्। उनकाे उपचार भइरहेकाे छ। मृतकका श्रीमान् भास्करले आफ्नी श्रीमती र छोराको अवस्थाको लागि अल्लु अर्जुन मात्र जिम्मेवार रहेको बताएका छन्।

उनको टोलीले थिएटरमा आउँदै गरेको जानकारी प्रहरीलाई दिएको भए यति ठूलो दुर्घटना नहुने उनको भनाई छ। यो घटनापछि अल्लु अर्जुनले मृतक महिलाको परिवारलाई २५ लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘सन्ध्या थिएटरमा भएको दुखद घटनाबाट म दुखित छु । यस दुःखद् घडीमा परिवारसँग मेरो समवेदना छ। म उनीहरूलाई यो पीडामा एक्लै छैनन् भन्ने विश्वास दिलाउन चाहन्छु। परिवारलाई व्यक्तिगत रूपमा भेट्ने छु । यो कठिन घडीमा उहाँहरुलाई सक्दो सहयोग गर्न म तयार छु ।’ साथै उनले घाइतेको उपचार खर्च पनि व्यहोर्ने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖