• Monday 5th of October 2026

हाडे बदाम कति खाने, कति बेला खाने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुख्खा फलफूलमध्ये हाडे बदाम (आल्मोन्ड) लाई निकै स्वास्थ्यकर मानिन्छ । धेरै पोषक तत्त्व र स्वास्थ्य लाभहरूले भरिएको, हाडे बदाम प्राय: मीठो परिकार, मिठाई, शेक, स्मूदीमा प्रयोग गरिन्छ।

यसलाई जसरी पनि खान सकिन्छ । भुटेर वा बिहान पानीमा भिजाएर खाए पनि सबै हिसाबले फाइदाजनक हुन्छ । बालबालिकालाई पानीमा भिजाएर हाडे बदाम खुवाउँदा उनीहरूको दिमाग तेजिलो हुन्छ ।

तर, कतिपय मानिसले दिनमा धेरै हाडे बदाम खान्छन्, जुन ठिक होइन । हाडे बदाम खाने उपयुक्त समय पनि हुन्छ । यदि तपाईँ यसबाट बढी फाइदा लिन चाहनुहुन्छ भने यसलाई खाने सही तरिका अवश्य जान्नुहोस्।

हाडे बदाममा पाइने पोषक तत्त्व
हरेक २८ ग्राम अर्थात् लगभग २३ बदाममा क्यालोरी १६०, फाइबर ३.५ ग्राम, हेल्दी फ्याट १४ ग्राम, प्रोटिन ६ ग्रामका साथै कार्बोहाइड्रेट, म्याग्नेसियम, क्याल्सियम, आइरन, भिटामिन ई आदि पाइन्छ । यसमा एन्टिअक्सिडेन्टमा पनि प्रशस्त हुन्छन्। विशेष गरी यसको बोक्रामा रहेको एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनावबाट बचाउँछ।

एक दिनमा कतिवटा हाडे बदाम खानुपर्छ?
दिनभरिमा धेरैमा ७ देखि ८ वटा हाडे बदाम मात्र खानुपर्छ । यसले ऊर्जा बढाउँछ। दूध वा पानीमा भिजाएर पनि हाडे बदाम खान सकिन्छ । यसरी पनि धेरै लाभदायक छ।

यदि तपाईँलाई यसरी खान मनपर्दैन भने तपाईँले काँचो बदाम पनि खान सक्नुहुन्छ । भुटेर पनि हाडे बदाम खान सकिन्छ ।

हाडे बदाम कहिले खाने ?
हाडे बदाम बिहान खानु राम्रो हो। खासगरी खाली पेटमा खाना खानु राम्रो मानिन्छ । यसले दिनभर ऊर्जा प्रदान गर्छ। यो ऊर्जाको राम्रो स्रोत हो, त्यसैले कसरत गर्नुअघि यसलाई खान सक्नुहुन्छ।

कसरत पछि, तपाईं ग्रीक योगर्ट जस्तै प्रोटिनसँग जोडा गरेर बदाम खान सक्नुहुन्छ। यसले मांसपेशीहरू पनि मर्मत गर्नेछ।

राति हाडे बदाम खाँदा राम्रो निन्द्रा आउँछ । यसमा पाइने म्याग्नेसियमले मानिसलाई आरामको अनुभूति गराउनुका साथै अनिद्राको समस्यालाई हटाउँछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖