• Tuesday 6th of October 2026

सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ मंसीर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ।

 त्रिभुवन विश्वबिधालय, किर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र जोडन सफल भएको छ। 

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाएका थिए, उनले ३७ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

यस्तै, अर्का ओपनर सैब जैबले २१ बलमा दुई छक्कासहित २१ रन बनाउन सफल भए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖