• Tuesday 6th of October 2026

सिकन्दरको सेटमा बिरामी हुँदा सलमानले मेरो निकै ख्याल राखे- रश्मिका


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सलमान खान आगामी फिल्म ‘सिकन्दर’ लिएर आउँदैछन्।

यो फिल्म सन् २०२५ को इदको अवसर पारेर प्रदर्शन हुनेछ। फिल्ममा सलमानसँगै दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको मुख्य भूमिका रहनेछ।

हालै रश्मिकाले फिल्म ‘सिकन्दर’ को बारेमा कुराकानी गरेकी छन्। सेटमा बिरामी पर्दा सलमानले आफ्नो निकै ख्याल राखेको बताइन्।
इन्डिया टुडेसँग कुरा गर्दै रश्मिकाले भनिन्, ‘सलमान एक साधारण र जमीनसँग जोडिएका व्यक्ति हुनुहुन्छ। एक पटक फिल्मको छायांकन गरिरहेको बेला म बिरामी भएँ।

सलमानलाई थाहा हुनेबित्तिकै उनले मेरो स्वास्थ्यबारे सोधे। चालक दललाई स्वस्थ खाना, तातो पानी र अन्य सबै कुरा दिन भने। उनी सबैको ख्याल राख्छन् र तपाई निकै खास हो भनेर महसुस गराउँछन्।’

यस फिल्ममा सलमान र रश्मिका पहिलोपटक एकसाथ काम गर्दैछन्। फिल्ममा उनीहरूसँगै काजल अग्रवाल, शरमन जोशीलगायतको अभिनय छ।

रश्मिकाको यतिबेला फिल्म ‘पुष्पा २’ प्रदर्शन भइरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖