• Tuesday 6th of October 2026

एनपीएलमा आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा दुबै टिम


  • धनकुटा खबर
  • .

काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल हुँदै छन्।

त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले प्रतिस्पर्धा गर्दै छन्। प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ।

अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ। तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ।

आज दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्दै छ। तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण छ। अंक तालिकाको पहिलो स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ।

प्लेअफको सम्भावना कायम राख्न आज जनकपुरबाहेक बाँकी तीन टिमलाई जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖