• Tuesday 6th of October 2026

विराटनगरको चौथो विकेट पतन


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा विराटनगर किंग्सको चौथो विकेट पतन भएको छ।

स्कट इडवार्ड्स १५ रन बनाएर आउट भएका छन्। गेहार्ड इरासमसल उनको विकेट लिएका हुन्।

यसअघि दीपक बोहोरा २० रन बनाएर पेभेलियन फर्किएका थिए। २४ बलमा उनले २ चौका प्रहार गरे। काठमाडौं गुर्खाजका दीपेश कँडेलले उनको विकेट लिएका हुन्।

त्यस्तै निकोलस क्रिटोन १२ रन र लोकेश बम ८ रन बनाएर आउट भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖