• Tuesday 6th of October 2026

यू१९ महिला एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । एसीसी यू१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।

समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १२: ४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ । पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ ।

आईसीसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू१९ एसिया कपमा छनोट भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖