• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा ट्रम्पले जन्मसिद्ध नागरिकता खारेज गरिछाड्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प टिमले जन्मसिद्ध नागरिकतालाई खारेज गर्ने योजनाअघि बढाएको छ ।

एक परिचित सुत्रको हवाला दिँदै अमेरिकी समाचारसंस्था सीएनएनले ‘ट्रम्प टिम’ जन्मसिद्ध नागरिकतालाई खारेज गर्ने लामो समयको प्रतिज्ञा पूरा गर्ने संघारमा पुगेको र त्यसका लागि कयौं विकल्पको खोजी गरिरहेको उल्लेख गरेको छ ।
यसमा कानूनी लडाईं जारी रहेको र अन्ततः अमेरिकी सर्वोच्च न्यायालयले फैसला नगरी धर नपाउने समेत बताइँदैछ । १४औं संशोधनद्वारा सुरक्षित जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउन आफुले कार्यकारी अधिकारको उपयोग गर्नेसम्मको अभिव्यक्ति ट्रम्पले दिएका छन् ।

ट्रम्पले भनेका छन्, ‘हामीले यसलाई बदल्न जरुरी छ । म नागरिकमाझ जान तयार छुँ । किन भने हामी एक मात्र देश हो, जोसँग यो व्यवस्था छ ।’ उनले विगतै अभिव्यक्ति दोहोर्याउँदै कार्यकारी कारबाहीको माध्यमबाट आफुले यसलाई हटाउन सक्ने जिकिर ट्रम्पले गरेका छन् । उनले अगाडि भने, ‘म यसलाई ठेगान लगाउँदै थिए, त्यो बेला प्राथमिकतमा अरु नै आइलाग्यो, कोरोनालाई ठीक गर्न खोज्दा त्यतिबेला यो छुटेको थियो ।’

ट्रम्पका सहयोगीहरुले आन्तरिक रुपमा यसका जन्मसिद्ध नागरिकता खारेजीका लागि रणनीति तयार गरिरहेका बुझिएको छ । जस अन्तर्गत विना दस्तावेजवाला माता पिता भएका बालकालिकालाई पासपोर्ट जारी नगर्नेदेखि ‘जन्मसिद्ध पर्यटन’माथि लगाम कस्दै पर्यटक भिसा अनिवार्य गर्न लागिएको बताइएको छ ।

ट्रम्पले सहयोगीहरुलाई यस विषयमा अनेकौं विकल्पबारे सोच्न र कुनै पनि प्रकारको कानूनी चुनौति दिन तयार रहन भनेको तथा अन्तिम उपायका रुपमा सुप्रीम कोर्टमा पेश गर्ने तयारी गरेको सीएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖