• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विमान दुर्घटनामा २५ जनाको उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा २५ जनाको उद्धार गरिएको छ ।

बीबीसीकाअनुसार उद्धार गरिएका २५ जनामध्ये २२ जनालाई अस्पताल लगिएको छ । अहिलेसम्म कति जनाको मृत्यु भएको खुलिसकेको छैन ।

स्थानीय अधिकारीकाअनुसार विमानमा ६७ जना सवार थिए । विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

काजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖