• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले ग्रिनल्याण्ड किन्ने इच्छा राख्नासाथ डेनमार्कले बढायो रक्षात्मक खर्च


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आर्किटेक्ट क्षेत्र खरिदको इच्छा जाहेर गरेको केही समयमा डेनमार्क सरकारले ग्रिनल्याण्डको रक्षात्मक खर्च भारी रुपमा बढाएको छ ।

डेनमार्कका रक्षामन्त्री टोल्स लुण्ड पल्सनले प्याकेजमा रक्षा खर्च बढौत्तिको जुक्ति लगाएका हुन् । ग्रिनल्याण्ड एक स्वायत्त डेनिश क्षेत्र हो भने जसको निकै रणनीतिक महत्व रहेको बताइन्छ ।

ग्रिनल्याण्डको मुख्य तीन नागरिक हवाई अड्डामा अपग्रेड जरुरी रहेको रक्षामन्त्री पल्सनले बताएका छन् । उनले भनेका छन्, ‘हामीले कयौँ वर्षदेखि कार्टिटेक्टमा पर्याप्त लगानी गरेका छैनौं । अब एक मजबुद उपस्थितिको योजना बनिरहेको छ ।’

रक्षामन्त्रीले यकिन आँकडा नभने पनि ग्रिनल्याण्ड प्याकेज लगभग १२ देखि १५ बिलियन क्रोन हुने अनुमान डेनिश निमियाहरुले गरेका भन्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖