• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कजाकिस्तान विमान दुर्घटना : ३८ जनाको मृत्यु, दुई बच्चासहित २९ जना जीवितै


  • धनकुटा खबर
  • .

एजेन्सी । अजरबैजानको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु हुँदा २९ जना बाच्न सफल भएका छन् । ६७ जना सवार रहेको विमान कजाकिस्तानको अकताउ सहर नजिकै बुधबार दुर्घटना भएको थियो ।

कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेवका अनुसार दुई बच्चासहित २९ जनाको जिवितै उद्दार गरिएको हो । त्यसरी उद्दार गरिएकामध्ये ११ जनाको अवस्था भने गम्भीर रहेको उपप्रधानमन्त्री कनातले बताएका छन् ।

अजरवैजान एयरलाइन्सको फ्लाइट जेटू–८२४३ ले अजरवैजानको राजधानी बाकूबाट रुसी क्षेत्र चेचन्याको ग्रोजनीको उडान भरेको थियो । यद्यपि, अकताउबाट ३ किलोमिटरको दूरीमा आकस्मिक अवरण गराउन खोज्दा विमान दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा बाँचेकाहरुमध्ये कोही पनि आफ्ना कजाख नागरिक नरहेको उपप्रधानमन्त्री कनातले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖