• Monday 5th of October 2026

हालान्डले पेनाल्टी मिस गर्दा सिटी बराबरीमा रोकियो


  • धनकुटा खबर
  • .

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटीलाई घरेलु मैदान एतिहाडमै एभर्टनले १-१ को बराबरीमा रोकेको हो ।

सिटीका लागि बर्नार्डो सिल्भाले गोल गरेका थिए भने एभर्टनका इलिमानो डिआएले गोल गरे । सिटीका एर्लिङ हालान्डले पेनाल्टी मिस गरेका थिए ।

खेलको १४औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा डिआएले गोल गरेपछि एभर्टनले पहिलो हाफ बराबरीमै सकायो ।

दोस्रो हाफको ५३औं मिनेटमा प्राप्त पेनाल्टीमा हालान्ड चुके । उनको प्रहार गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए । त्यसपछि थप गोल नहुँदा सिटीको जितविहीन यात्रा लम्बिएको हो ।

बराबरीपछि सिटीको १८ खेलबाट २८ अंक भएको छ। एभर्टनको १७ खेलमा १७ अंक छ । सिटीले प्रिमियर लिगका पछिल्ला ९ खेलमा १ जित मात्र निकाल्न सकेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖