• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड


  • धनकुटा खबर
  • .

दमास्कस, १४ पुस । सिरियामा बसर अल असदको कार्यकालमा कुख्यात न्यायधिस पक्राउ परेका छन ।
 

अरब क्रान्तिको क्रममा हजारौंलाइ मृत्युदण्डको फैसाला सुनाउने गरेको तथा पीडित परिवारसँग रकम असुली गरेर न्याय सम्पादन गर्ने गरेको आरोप लागेका कुख्यात मोहम्मद कान्जु अल हसनलाइ पक्राउ गरिएको हो ।

सेडनाया जेलमा हजारौं मानिसहरूलाई मृत्युदण्ड दिने सर्वोच्च सैन्य न्यायाधीश मोहम्मद कान्जु अल हसनलाई पक्राउ गरिएको त्यहाँको नयाँ सरकारले जनाएको छ । कञ्जु हसनको गिरफ्तारी सिरियामा भर्खरै भएको विद्रोहपछिको सबैभन्दा ठूलो गिरफ्तारी हो।

कान्जु अल हसन सन् २०११ देखि २०१४ सम्म सिरियाली सैन्य अदालतको न्यायाधीश थिए। यस अवधिमा उनले हजारौं मानिसहरूलाई मृत्युदण्ड दिएका थिए। कञ्जु हसनमाथि कैदीका आफन्तहरूबाट विभिन्न माध्यमबाट १५ सय करोड रुपैयाँ  भन्दा बढी रकम असुल  गरेको आरोप छ । 

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार कञ्जु हसनलाई बिहीबार अन्य २० जनासँग पक्राउ गरिएको हो । सिरियाका अन्तरिम गृहमन्त्री मोहम्मद अब्देल रहमानले तातुन्स प्रान्तमा लुकेर बसेका कान्जु अल हसनलाई पक्राउ गर्ने क्रममा १४ सरकारी सैनिक मारिएको बताएका छन् ।

 

कान्जु अल हसनलाई बेलायती सरकारले सन् २०२३ मा सिरियामा सर्वसाधारणमाथि दमन गरेको कारण प्रतिबन्ध लगाएको थियो । कञ्जु सेडनाया जेलमा अमानवीय अपराधको लागि जिम्मेवार मानिन्छन ।

 

न्यायाधीश कञ्जु हसनमाथि मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेको छ । कानुन पढेपछि उनले सिरियाली सेनाको सैन्य अदालतमा काम गर्न सुरू गरेका थिए । २०११ मा जब सिरियामा असद विरुद्ध अरब स्प्रिंग सुरु भयो, हसन दमस्कसको क्षेत्रीय सेना अदालतमा न्यायाधीश थिए।

 

एक साक्षीका अनुसार हसनले गुप्तचर एजेन्सीहरूसँग राजनीतिक बन्दीहरू विरुद्ध अन्य व्यक्तिहरूबाट झूटो बयान लगाउन लगाउँथे । उनको बेञ्चमा जम्मा सुनुवाइ ३० मिनेट मात्र हुने गरेको थियो, जहाँ अभियुक्तलाई बोल्न दिइँदैन्थ्यो । रकम दिनेलाइ उनी छुट दिन्थे तर रकम नदिनेलाइ उनले ३० मिनेट भित्र मृत्युदण्ड र आजिवन कारावासको सजायँ सुनाइ हाल्थे । 

कञ्जु हसनलाई राष्ट्रपतिले माफी दिए पनि कैदीबन्दीलाई रिहा नगरिदिने गरेको थप आरोप पनि छ । त्यसपछि उनीहरुलाई रिहा गर्नका लागी अभियुक्तका परिवारका सदस्यहरुसँग पैसा असुल्ने गरेका थिए । जो अहिले नयाँ सरकारले पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖