• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा ट्रम्प होटलबाहिर टेस्लाको साइबरट्रकमा विस्फोट


  • धनकुटा खबर
  • .

अमेरिकाको लस भेगसस्थित ट्रम्प होटलबाहिर एक टेस्ला साइबरट्रकमा विस्फोट भएको छ।

स्थानीय समयअनुसार बुधबार बिहान ८:४० बजे होटलको गेटनजिक रोकिएको साइबरट्रक विस्फोट भएको हो।

विस्फोटमा चालकको मृत्यु भएको र त्यहाँ वरपरका ७ जना घाइते भएको अमेरिकी अखबार सिएनएनले जनाएको छ।

उक्त साइबरट्रक भाडामा कोलोराडो लगिएको र बुधबार बिहान ७ बजेमात्रै लस भेगस फर्किएको बताइएको छ।

सडकमा पटकपटक ओहोरदोहोर गरेपछि होटल छेउ पुगेपछि विस्फोट भएको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
घटनाको अनुसन्धान एफबिआईले गरेको छ।

टेस्लाका मालिक इलन मस्कले उक्त घटनालाई आतंकवादी हमला हुनसक्ने भनेका छन्।

त्यसअघि लुसियानाको न्यू ओर्लिस्नस्थित बार्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेका भिडमा ट्रक कुदाएर १५ जनाको हत्या भएको थियो।

मस्कले बार्बन स्ट्रिट र लस भेगस होटलको घटना एकआसपसमा सम्बन्धित हुनसक्ने भनेका छन्।

यद्यपि प्रहरी अधिकारीहरूले भने बार्बन स्ट्रिटको घटना र लस भेगसको घटना एक अर्कामा सम्बन्धित नभएको बताएका छन्।

राष्ट्रपति जो बाइडेनले पनि दुई घटना एकअर्कोमा असम्बन्धित रहेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖