• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रूस निर्वासनमा रहेका सिरियाका पुर्व राष्ट्रपतिलाइ बिष हालेर मार्ने प्रयास, अनुसन्धान जारी


  • धनकुटा खबर
  • .

मस्को, १८ पुस । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्वराष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ। 

 

बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा बसर अल असदलाई विष खुवाएर मार्ने प्रयास गरिएको थियो तर उनी बालाबाल बाँचेका छन् ।

सिरियामा कु’ भएयता असद आफ्नो परिवारसँग रूसको राजधानी मस्कोमा छन् । लामो समयदेखि मध्यपूर्वमा उनीहरुको महत्वपूर्ण सहयोगी रहेको रुसले मस्कोमा असद परिवारलाई सुरक्षा दिएको छ । राष्ट्रपति भ्लादिमर पुटिनले असद र उनका परिवारका लागि एक गोप्य अपार्टमेन्टमा बस्ने व्यवस्था मिलाइ दिएका छन ।

 

बेलायती ट्याब्लोइड ‘द सन’को रिपोर्टका अनुसार असदलाई उनको आफ्नै घरमा मार्ने प्रयास गरिएको थियो, जब यसको प्रमाण बाहिर आयो तब हलचल मच्चिएको थियो । असदविरुद्ध षड्यन्त्र गर्ने को हो भन्ने प्रश्न उठिरहेको छ ? नयाँ सिरियाली सरकार असदलाई हटाउन चाहन्छ वा यसको पछाडि केही अन्य कारण छ ? यो छानबिन भइरहेको जनाइएको छ ।

 

पूर्व रुसी जासूसको ठूलो दाबी अनुसार उनलाइ बिष पिलाउने प्रयास गरिएको हो तर पत्रिकाले उनको नाम गोप्य राखेको छ । असद गत वर्ष डिसेम्बर ८ देखि मस्कोमा भ्लादिमिर पुटिनको संरक्षणमा छन्। तर पूर्व शीर्ष रूसी जासूसद्वारा सञ्चालित अनलाइन जनरल एसभीआरले बशर अल असद आइतबार बिरामी परेको उल्लेख गरेको थियो ।

त्यसाे त साे घटना पछि ५९ वर्षीय असद असदलाई निसास्सिएर बारम्बार खोकी लाग्ने गरेको दाबी गरिएको छ । श्रोतका अनुसार परीक्षणपछि असदको शरीरमा विषाक्त तत्व भेटिएको रिपोर्ट आएको थियो । असदको उनी बसेको अपार्टमेन्टमा नै उपचार गरेपछि सोमबार मात्र असदको अवस्था स्थिर भएको थियो । यद्यपि, रूसी अधिकारीहरूबाट कुनै पुष्टि भने गरेका छैनन ।

 

असदलाई विष दिनुको कारण यही हो भनेर अझै खुलेको छैन तर अनुमान भने बिभिन्न गरिन थालिएको छ । सो पत्रिकाले भनेको बसर अल असदलाई  विष दिएका थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन तर गत महिना उनकी श्रीमती अस्मा बेलायत फर्कन चाहेको बाहिर सार्बजनिक भएको थियो । तर, राहदानीको म्याद सकिएकाले उनी लन्डन फर्कन नसक्ने अवस्थामा असदको खानामा बिष हालिएको समाचार बाहिरिएको हो । 

 

यसबाहेक असद र उनकी श्रीमती अस्माबीचको वैवाहिक तनावको पनि उत्तिकै चर्चा रहेको छ । रिपोर्टका अनुसार अस्मा गम्भीर रोगबाट पीडित छिन् र उनी असदसँग सम्बन्धविच्छेद गरेर थप उपचार गराउन चाहन्छिन् । असदलाई विष दिनु र उनकी श्रीमतीसँगको वैवाहिक तनावबीच 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖