• Monday 5th of October 2026

दाईले बिहे गरेको भोलिपल्टै आसिफले आरजुसँग कसे लगनगाँठो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेख पनि वैवाहिक बन्धनमा बाँधिएका छन् । राष्ट्रिय क्रिकेट टिमका अर्का सदस्य आरिफ शेख विवाह बन्धनमा बाँधिएको भोलिपल्ट (शुक्रबार) उनका भाइ आसिफले पनि लगनगाँठो कसेका हुन् ।

२३ वर्षीय आसिफले पर्साको वीरगन्जकी आरजु अन्सारीसँग लगनगाँठो कसेका हुन् । यसअघि बिहीबार आसिफका दाइ २७ वर्षीय आरिफ सवाना खातुनसँग वैवाहिक जीवनमा बाँधिएका थिए ।

वीरगन्ज महानगरपालिका– १२ का दाजुभाइ आरिफ र आसिफ दुवैले मागी विवाह गरेका हुन् । आरिफ नेपाली राष्ट्रिय टिमका अलराउन्डर हुन् भने आसिफ विकेटकिपर तथा ओपनर ब्याटर हुन् ।

आसिफ मार्की प्लेयर रहेको जनकपुर बोल्ट्सले ६ पुसमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको थियो । उपाधि जित्दा आसिफले टिमको कप्तानीसमेत सम्हालेका थिए ।

दाइ आरिफ सम्मिलित सुदूरपश्चिम रोयल्स भने जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖