• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भूकम्पबाट ९ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पले तिब्बतमा मानवीय क्षति भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएअनुसार मंगलबार बिहानको भूकम्पको केन्द्र नेपाल नजिकै हो।
अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु पुष्टि भइसकेको चिनियाँ समाचार स‌ंस्था ग्लोबल टाइम्सले जानकारी दिएको छ।

तिब्बत र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्नेच्युडको भूकम्प गएको थियो।

पूर्वी पहाड, मधेस र काठमाडौं उपत्यकामासमेत केहीबेर भूकम्पको कम्पन महसुस गरिएको थियो। नेपालको पूर्वी पहाडमा अहिलेसम्म भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन।

सिन्धुपाल्चोकमा फुल्पिङकट्टीमा एउटा प्रहरी भवनमा क्षति पुगेको छ। अन्य स्थानमा प्रशासनले क्षतिको जानकारी लिइरहेको बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖