• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

तिब्बत भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । तिब्बत भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ९५ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको धक्का मापन गरेको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖