• Tuesday 6th of October 2026

चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले किनिन् काठमाडौंमा घर


  • धनकुटा खबर
  • .

चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले काठमाडौंमा घर किनेकी छन्।

गोंगबु गणेशस्थानमा उनले नयाँ बनेको घर हालसालै खरिद् गरेकी हुन्। चार करोड हाराहारी मूल्यमा घर किनेको बुझिएको छ।

सामाखुसीमा भाडाको घरमा बस्दै आएकी शान्तिश्रीको परिवार छिट्टै नयाँ घरमा सर्ने तयारी छ।

शान्तिश्रीले २०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी थिइन्। यो जोडीको ४ वर्षकी एक छोरी छिन्।

रोल्पाको विकट गाउँमा निम्नवर्गीय परिवारमा जन्मिएकी शान्तिश्रीले गायन क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ। कुनै समय गिट्टी कुट्ने काम समेत गरेकी उनी सांगीतिक क्षेत्रमा भविष्य बनाउन २०६४ सालमा काठमाडौं आएकी थिइन्। यहाँ उनले दोहोरी साँझमा काम गर्दै गायन यात्रालाई अगाडि बढाइन्।

२०७४ सालमा सार्वजनिक ‘बोल माया’ बोलको गीतपछि उनी सधैं चर्चाको शिखरमा रहिरहिन्। त्यसयता ‘गलबन्दी’, ‘अरेली काँडैले’ हुँदै ‘रूकुम मैकोट’ सम्म आउँदा उनका दर्जनौं गीत सुपरहिट छन्।

शान्तिश्री स्टेज र रेकर्डिङ दुवैमा निकै खोजिने गायिकामा पर्छिन्।
निम्न तहबाट उठेर संगीत क्षेत्रमा उनले पाएको यो सफलता सांगीतिक क्षेत्रमा भविष्य खोज्नेहरूका लागि प्रेरणा समेत मान्न सकिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖