• Tuesday 6th of October 2026

सलमान खानको घरमा राखियो बुलेटप्रुफ सीसा


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सलमान खानको घरमा बुलेटप्रुफ सीसा राखिएको छ।

गतवर्ष अप्रिलमा सलमानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली प्रहार गरिएको थियो। त्यतिबेलादेखि सलमानको घरमा सुरक्षा बढाइएको थियो। अहिले उनको घरमा बुलेटप्रुफ सीसा राखिएको हो।

सुरक्षा थ्रेटको कारण सलमान बालकनीमा समेत आउँदैन थिए। अब उनले बुलेटप्रुफ बालकनीबाट इदमा फ्यानलाई अभिवादन गर्नेछन्।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार सलमानको अपार्टमेन्ट बाहिर मर्मतको काम चलेको छ। उनले महाराष्ट्र सरकारबाट ‘वाइ’ श्रेणीको सुरक्षा पनि पाएका छन्। बाबा सिद्दिकीको हत्या भएपछि उनको सुरक्षा घेरा बढाइएको थियो।

हाल सलमान आगामी फिल्म ‘सिकन्दर’ को छायांकनमा व्यस्त छन्। जुन फिल्म इदको अवसरमा रिलिज हुनेछ। फिल्ममा उनीसँगै रश्मिका मन्दानाको मुख्य भूमिका छ।

यसबाहेक उनी ‘बिग बोस’ सिजन १८ को होस्टको रूपमा देखिइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖