• Tuesday 6th of October 2026

दुर्घटनामा परे अभिनेता अजित कुमार


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । दक्षिण भारतका चर्चित अभिनेता अजित कुमार दुर्घटनामा परेका छन् । दुबईमा हालै आगामी रेसिङ च्याम्पियनसिपको अभ्यासको क्रममा उनी गम्भीर कार दुर्घटनामा परेका हुन् । अभिनेताको पोर्श ९९२ कारमा धेरै क्षति पुगेको छ । तर, यो दुर्घटनामा अजितलाई भने कतै चोट नआएको बताइएको छ ।

अजितको कार दुर्घटनाको भिडियो सार्वजनिक हुनेबित्तिकै फ्यानहरू निकै चिन्तित बनेका थिए । फ्यानहरू चिन्तित भएको देखेपछि अजित कुमारको रेसिङ टिमका प्रबन्धक तथा चालक फाबियन डुफिक्सले सामाजिक सञ्जाल पोस्टमार्फत अभिनेता आफू ठिक रहेको आश्वासन दिएका थिए । ‘अभ्यासको पहिलो दिन सकियो । अजित सुरक्षित छन्, उनको शरीरमा कतै पनि दर्फराएको चोट छैन,’ इन्स्टाग्रामको पोस्टमा लेखिएको छ ।

कार दुर्घटनामा परेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा अभिनेताको कार ट्र्याकमा अनियन्त्रित भइरहेको देखिन्छ । अजित तमिल फिल्म उद्योगका चर्चित अभिनेता हुन् । उनी अनुभवी रेसर पनि हुन् । उनी अहिले दुबईमा हुन लागेको च्याम्पियनसिपको तयारीमा छन् । उनले जनवरी १२ र १३ मा हुन लागेको ‘२४ एच दुबई २०२५ रेस’मा भाग लिँदै छन् ।

कामको कुरा गर्नु पर्दा अजित छिटै ‘विदमुयार्ची’मा देखिँदैछन् । हालै यो फिल्मको रिलिज मिति घोषणा गरिएको छ । योसँगै उनी ‘गुड ब्याड अग्ली’का कारण पनि चर्चामा छन् । जनवरी ६ मा मेकरहरूले यो फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖