• Tuesday 6th of October 2026

कंगनाले दिइन प्रियंका गान्धीलाइ ‘इमरजेन्सी’ हेर्ने निम्तो


  • धनकुटा खबर
  • .

मुम्बइ, २३ पुस । कंगना रनावतको फिल्म ‘इमर्जेन्सी’ को लामो समयदेखि प्रतिक्षा रहेको थियो । 

 

हालै फिल्मको दोस्रो ट्रेलर सार्वजनिक भएको छ, जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । फिल्म आगामी जनवरी १७ मा हलमा रिलिज हुँदैछ । जसका कारण कंगना रनावत पनि निकै उत्साहित छिन् । 

 

यसैबीच कंगना रनौतले प्रियंका गान्धीलाई फिल्म ‘इमर्जेन्सी’ हेर्न आग्रह गरेकी छिन् । वास्तवमा उनले यस फिल्ममा पूर्व प्रधानमन्त्री तथा प्रियंका गान्धीकी हजुरआमा इन्दिरा गान्धीको भूमिका निभाएकी छिन् । हालै एक अन्तर्बार्तामा कुरा गर्दै कंगना रनौतले प्रियंका गान्धीलाई संसदमा भेटेको बेला सो निम्तो दिएको बताएकी हुन ।

 

यस क्रममा उनले प्रियंका गान्धीलाई पहिलो कुरा यो भनिन कि तपाईले  ‘इमेर्जेन्सी’ हेर्नुपर्छ । साथै अभिनेत्रीले आफूलाई यो निकै मन पर्ने पनि बताइन् । यो कुरा नायिका आफैले एक अन्तर्वार्तामा बताइन् । कंगनाका अनुसार प्रियंका गान्धी निकै विनम्र थिइन् र उनले सम्भवतः ‘इमरजेन्सी’ अवस्था हेरेर जवाफ दिदैँ भनिन, ‘हो र ।’

 

यस क्रममा कंगना रनौतले आफूले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकालाई अत्यन्त सम्मान र संवेदनशीलताका साथ निर्वाह गर्ने प्रयास गरेको बताएकी छिन। उनले भने कि जब मैले उहाँका बारेमा अनुसन्धान सुरु गरें, मैले देखेँ कि उनको व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै कुराहरू थिए, चाहे त्यो उसको साथीभाइसँगको सम्बन्ध होस्, श्रीमान् वा विवादास्पद समीकरणका सबालमा नै किन नहोस, सबै रोचक थिए । 

 

अब प्रियंका गान्धीले यो फिल्म हेर्न रुचाउँछिन् कि रूचाउँदिनन, त्यो भने हेर्न बाँकी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖