• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

फेरि भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङवामा शुक्रबार (आज) भूकम्पको धक्का महसुस गरिएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार शुक्रबार दिउँसो ग्वाङ्डोङको शानवेईको दक्षिणमा रहेको समुन्द्रमा ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।

केही सेकेन्डको अवधिमा १० भन्दा बढी पटक साना परकम्पनहरू महसुस भएको अधिकारीहरूले बताएका छन्। स्थानीय समयानुसार शुक्रबार दिउँसो २ः४० बजे ग्वाङ्डोङको शानवेईको दक्षिणमा समुन्द्रमा ४.२ म्याग्निच्युडको भूकम्प गएको संकेत गरेको समाचारमा उल्लेख छ। यसको केन्द्रबिन्दु हङकङबाट लगभग २०० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो।

गत मंगलबार तिब्बतमा गएको भूकम्पमा १२६ जनाले ज्यान गुमाएका छन् भने तीन सय भन्दा धेरै घाइते छन्। नेपाल चीन सीमाक्षेत्र केन्द्र भएर गएको सात रेक्टर स्केलको भूकम्पले नेपाल, भारत, भुटान र बंगलादेशसम्म धक्का महसुस गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖