• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दक्षिण कोरियाको दावीः युक्रेन युद्दमा ३ सय उत्तर कोरियाली सैनिक मारिए


  • धनकुटा खबर
  • .

सियोल, १ माघ । युक्रेन विरुद्ध रुसको युद्धमा करिब ३ सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी गरिएको छ ।

 

दक्षिण कोरियाका एक विधायकका अनुसार ३ सय भन्दा बढीको मृत्यु तथा २५ सय भन्दा बढी घाइते भएको दावी गरिएको हो ।

सियोलको राष्ट्रिय खुफिया सेवा (एनआईएस) बाट एक ब्रीफिंग पाएको भन्दै ली सियोन क्वाङले यो जानकारी दिएका हुन् ।

 

‘रूसमा उत्तर कोरियाली सेनाको तैनाथी कुर्स्क क्षेत्रमा रहेको छ, अनुमान अनुसार यो भन्न सकिन्छ कि उत्तर कोरियाली सेनाहरूको हताहत ३ सय नाघेको छ,’ लीले भने।

उनका अनुसार खुफिया संस्था एनआईएस अनुसन्धान पछि यो पनि पत्ता लागेको छ कि उत्तर कोरियाली सैनिकहरूसँग आधुनिक युद्धको बुझाइको कमी रहेको छ र जसका कारण  रूसले हताहतको उच्च संख्या निम्त्याउने तरिकामा प्रयोग गरिरहेको छ ।

 

दक्षिण कोरियाली राजनीतिज्ञको बयान युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले किभले दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुहरूसँग सोधपुछ भइरहेको भिडियो जारी गरेको केही दिनपछि आएको हो।

 

सोही सन्दर्भमा जेलेन्स्कीले भने कि कीभले रसियामा रहेका युक्रेनी युद्धबन्दीको बदलामा कब्जामा लिएका उत्तर कोरियाली सैनिकहरूलाई सुपुर्दगी गर्न सकिने प्रस्ताव अघि सारेका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖