• Tuesday 6th of October 2026

मनिषालाइ पहिलो पटक अभिताभ बच्चनले गाउँले केटीजस्तै ब्यावहार गरे पछि…


  • धनकुटा खबर
  • .

मुम्बइ, १ माघ । अभिनेत्री मनिषा कोइरालाले हिन्दी मात्रै होइन, तमिल फिल्ममा पनि काम गरेकी छिन् । 

 

९० को दशकमा उनको नाम ठूला अभिनेत्रीहरूमा गनिन्थ्यो तर केही समय पछि केही फ्लप फिल्म दिएपछि उनको कीर्तिमान बिग्रन सुरू गरयो तर २०२४ मा उनले वेब सिरिज हिरामांडीमार्फत कमब्याक गरिन र यसमा उनको चमत्कार नै देखियो ।

 

मनिषा कोइरालाको आफ्नै फ्यान फलोइङ छ र उनलाई लाखौंले मन पराएका छन् । हालै मनिषा कोइरालाले पिंकभिलालाई एक अन्तर्वार्ता दिएकी थिइन् जसमा उनले अमिताभ बच्चनसँग सम्बन्धित एउटा घटना सेयर गरेकी छिन ।  अभिनेत्री कोइराला जब उनी पहिलो पटक बिग बीको घर गएकी थिइन्, उनको प्रतिक्रिया कस्तो थियो ? भन्ने बारेमा खुलाएकी छिन् । 

 

मनिषा कोइरालाले भनिन्, ‘के भनुँ, जब म अमित जीको घर गएँ, त्यहाँ सबै कुरा देखेँ । म गाउँबाट आएका मान्छे जस्तै गरी उहाँले मायालु व्यवहार गर्नु भयो, अमितजीलाई यो सबै याद थियो र छ । पछि एउटा फिल्मको सेटमा त्यो पहिलो दिनको घटना सबै सम्झेर हाँस्यौं थिए । ‘तिमि आउँदा के हो थाहा नभएको जस्तो गरी हेर्दै थियौ’ भनेर उहाँले पछिसम्म पनि भनिरहनु भयो । मेरो लागि यो यस्तो क्षण थियो कि परिवारका सबैजना उहाँको ठूलो फ्यान थिए र मेरा लागि उहाँको घरमा जानु एक अद्भुत अनुभव थियो।’ खासमा ५ मार्च १९९९ मा रिलिज भएको फिल्म ‘लाल बादशाह’ मा अमिताभ बच्चन मुख्य भूमिकामा थिए । यस फिल्ममा अमिताभ बच्चनको अपोजिटमा मनिषा देखिएकी थिइन् । यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।  

 

मनिषाले फिल्म ‘सौगन्ध’मा १९९१ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले  ‘अकेले हम अकेले तुम’, ‘अग्नी साक्षी’, ‘१९४२ः लभ स्टोरी’, ‘मन’, ‘अचानक’, ‘खामोशी’ र ‘दिल से’ जस्ता हिट फिल्ममा काम गरेकी थिइन ।

 

तर, अहिले फेरी मनिषा कोइरालाले ओटीटीमा ‘हिरामाण्डीः द डायमण्ड बजार’ नामक वेब सिरिजबाट डेब्यु गरेकी थिइन्। यो शृङ्खला सन्जय लीला भन्सालीले बनाएको २०२४ को शीर्ष वेब सिरिजको सूचीमा आउँछ। यसको दोस्रो सिजन पनि अब बन्न लागेको छ, जसको रिलिज डेट सायद यही २०२५ मा घोषणा हुन सक्ने जनाएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖