• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल


  • धनकुटा खबर
  • .

दोहा, १ माघ । प्यालेस्टाइनी बिद्रोही समुह हमासले ३३ जना बन्दी रिहा गर्ने भएको छ ।

दोहामा जारी वार्ताकारका अनुसार प्रारम्भिक चरणमा हमासले ३३ इजरायली बन्दी रिहा गर्न मञ्जुर भएका हुन् ।

 

हमास–इजरायल बिच युद्दबिराम गर्ने बारेको छलफल अन्तिम चरणमा पुगिरहेको जनाउँदै सम्झौताको पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास तयार भएको इजरायली अधिकारीहरूले जनाएका छन ।
‘इजरायल–हमास युद्धमा युद्धविराम हुने महिनामा पहिलो सकारात्मक संकेत देखा पर्न सक्छ,’ इजरायलका एक अधिकारीलाइ उधृत गर्दै अल जजिराले लेखेको छ ।

मध्यपूर्व अस्थिर भएको तथा गाजालाई ध्वस्त पारेको १५ महिना पछि दुवै पक्ष युद्दबिराम नजिक पुगेका छन । साथै, घेराबन्दीमा परेको प्यालेस्टिनी एन्क्लेभमा थप सहायताको लागि अनुमति दिने भएको छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरे पछि त्यहाँको शान्ति अवस्था दयनीय छ ।

 

इजरायली सरकारका अनुसार हमासले इजरायलबाट लिइएका २५१ बन्धकमध्ये ९४ जनालाई अझै पनि उनीहरूको कब्जामा छन, जसमध्य कम्तीमा ३४ जना मारिएको जनाइएको छ । इजरायल यो विश्वास गर्दछ कि सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्धकहरू मध्ये धेरैजसो जीवित छन्, एक वरिष्ठ इजरायली अधिकारीले सोमबार पत्रकारहरूलाई भने तर सो सुचीमा मृतक बन्दीका शव पनि हुन सक्ने जनाइएको छ ।

 

हमास र इजरायल बिचमा कम्तिमा ४२ दिने युद्धविराममा हुने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖