• Tuesday 6th of October 2026

सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ


  • धनकुटा खबर
  • .

मुम्बई, ४ माघ । बिहीबार बिहान बलिउड उद्योगमा एक स्तब्ध खबरसँग सुरु भयो। 

 

चर्चित अभिनेता सैफ अली खानलाई उनको घरमा प्रवेश गर्ने व्यक्तिले चक्कु प्रहार गरेको खबर बाहिरिए पछि बलिउड स्तब्ध भयो । भारतीय मिडियाका अनुसार आक्रमणकारीले सैफ अली खानसँग १ करोड रुपैयाँ मागेका थिए तर उनले दिन इन्कार गरे ।

 

त्यसपछि अभियुक्तले छुरा प्रहार गरेका थिए । यस हमलामा सैफ गम्भीर घाइते भएका छन् । आरोपीले सैफको पीठ, हात, घाँटी र खुट्टामा जम्मा ६ स्थानमा पटक पटक आक्रमण गरेका थिए । सैफको परिवार, पत्नी करीना कपुर खान, दुवै छोरा तैमुर अली खान र जहाँगीर अली खान सबै सकुशल छन् ।

आक्रमणको समयमा अभिनेताका जेठा छोरा इब्राहिम अली खान अपार्टमेन्टमा उपस्थित थिए। उनले तत्कालै घाइते बुवालाई लीलावती अस्पताल लगेका हुन् । डाक्टरहरूले सैफ अली खानको दुईवटा शल्यक्रिया गरेको जनाएका छन । हाल उनी खतरामुक्त रहेको बताइएको छ । 

 

यसैबीच, मुम्बई पुलिस र अपराध शाखा टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको तस्बिर पनि सार्वजनिक गरिएको छ । उनलाई पक्राउ गर्न प्रहरीले छापा मारिरहेको छ । समाचार अनुसार ती आक्रमणकारी बिहान १ बजेदेखि २ बजेको बीचमा सैफ–करिनाको घरमा सिँढीबाट प्रवेश गरेका थिए, सुरूमा आक्रमणकारी सैफका छोराछोरी तैमुर–जेहको कोठामा प्रवेश गरेका थिए।

 

प्रहरीका अनुसार जब आक्रमणकारी तैमुर– जेहको कोठामा प्रवेश गरे, त्यहाँ घरकी अरियामा फिलिप उर्फ ​​लिमा उपस्थित थिइन। घरेलु कामदारका अनुसार अभियुक्तले उनीहरुलाई समातेको थियो । यो देखेर  घरका अरू कामदार चिच्याए । आवाज सुनेर सैफ तुरुन्तै आफ्ना छोराछोरीको स्वास्थ्य जाँच गर्न कोठामा पुगेका मात्र थिए, उनी माथी आक्रामण सुरू भएको थियो । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनको अगाडि चक्कु निकाले ।

 

जब अभिनेताले आक्रमणकारीलाई सोधे कि तिमी  के चाहन्छौं, आरोपितले सैफसँग पैसा मागे ।

सैफले सोधे,  ‘कति चाहियो ?’

अभियुक्तले जवाफमा भने, ‘एक करोड रुपैयाँ ।’

 

त्यही बेला घरका कामदार पनि त्यहाँ पुगे । आक्रमणकारीले आफू पक्राउ पर्न सक्ने महसुस गरेपछि उनले सैफमाथि चक्कु प्रहार गरेका थिए । सैफमाथि राति २ः३० बजे हमला भएको थियो । अभिनेताले प्रहरीसमक्ष बयान दिएको बयानमा भनिएको छ ।

 

सैफ अली खान र करीना कपूर खान आफ्ना छोराहरूसँग मुम्बईको बान्द्राको खारमा रहेको सतगुरु शरण अपार्टमेन्टमा बस्छन्। उनको घर यस भवनको १२ औं तलामा छ। जेहको जन्म हुनु अघि सैफ र करीना बान्द्राको फर्च्युन हाइट्समा बस्दै आएका थिए । यहाँ उनले ११ वर्ष बिताए। जेहको जन्मपछि परिवार सतगुरु शरण अपार्टमेन्टमा सरेको थियो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖