• Wednesday 7th of October 2026

डिभोर्सको हल्ला चलेकै बेला एलिनाको नयाँ गीत, जिन्दगी एक्लैपनि चल्दो रहेछ


  • धनकुटा खबर
  • .

‘कट्टा हानिदिन्छु’ गीतबाट चर्चित गायिका एलिना चौहान फेरि आफ्नो वैवाहिक जीवनको कारण चर्चामा आएकी छिन्। उनको श्रीमान विष्णु सापकोटासँग सम्बन्ध बिग्रेको हल्ला छ, र एक टेलिभिजन शोमा डिभोर्सको कुरा पनि आएको छ। केही दिनअघि, गायिका ज्योति मगरले हिंसा भोग्ने ‘गायिका बहिनी’ बारे लामो स्टाटस राखेकी थिइन्, तर पछि त्यसलाई हटाएर व्यक्तिगत कुरा सार्वजनिक नगर्ने तर्क गरिन्।

विष्णु, जो अस्ट्रेलियामा रेस्टुरेन्ट चलाउँछन्, गत वैशाखमा एलिनासँग विवाह गरेका थिए। विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिइन्। तर छोटो समयमै नेपाल फर्किइन् र त्यहाँबाट फिर्ता भइनन्। नेपाल फर्केपछि उनी ओशोमार्गी भइन्, तपोवनमा गइन्। अहिलेसम्म उनले आफ्नो सम्बन्धबारे केही बोल्न चाहेकी छैनन्।

यसबीच, एलिनाले ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन्, जुन उनको युट्युब च्यानलमा सार्वजनिक भएकाे छ। यसले डिभोर्सको हल्लालाई थप बल पुगेको छ।

यसअघि, अस्ट्रेलियामा बनाएको टिकटक भिडियोमा उनको अनुहारमा निलडाम देखिएपछि घरेलु हिंसाको शिकार भएको चर्चा भएको थियो। तर एलिनाले त्यसलाई मेकअप भन्दै प्रष्टीकरण दिएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖