• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यीनै हुन ट्रम्पका परिवार, ह्वाइट हाउसमा कस्को के भुमिका ? जान्नुहोस्


  • धनकुटा खबर
  • .

वासिङटन डिसी, ६ माघ । डोनाल्ड ट्रम्पले भोली अर्थात सोमबार अमेरिकी राष्ट्रपतिको पद तथा गोपनियताको सपथ लिदैँछन । उनको पहिलो कार्यकालको तुलनामा उनको दोस्रो कार्यकालमा उनको परिवारले ह्वाइट हाउसको सञ्चालनमा कम हस्तक्षेप गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, परिवारका केही सदस्यले अनौपचारिक सल्लाहकारको रूपमा ट्रम्पको राजनीतिक कामको निरीक्षण गर्नेछन्। 

अब जान्नुहोस कि ट्रम्पको पालामा परिवारका कुन सदस्यको भुमिका के हुनेछ भन्ने ?

 

मेलानिया ट्रम्प

मेलानियाले सन् १९९८ मा एक पार्टीमा ट्रम्पलाई भेटेकी थिइन् र सन् २००५ मा उनीहरुले विवाह गरे । उनी अमेरिकाको पहिलो महिलाको रुपमा ह्वाइट हाउस फर्कदैछिन् । यो ट्रम्पको पहिलो कार्यकाल भन्दा उनको भुमिका यो कार्याकालमा फरक हुने जनाइएको छ । किनभने, पछिल्लो कार्यकालमा उनी धेरै महिनासम्म उनीसँग ह्वाइट हाउसमा बसेकी थिइनन्। वास्तवमा उनीहरूका छोरा ब्यारोन त्यतिबेला १० वर्षका थिए र उनी न्यूयोर्कको स्कूलमा पढ्दै थिए। जब उनी व्हाइट हाउसमा सरिन्, उनले परम्परागत प्रथम महिलाको रूपमा कर्तव्य पुरा गरेकी थिइन । राज्य रात्रिभोजको जिम्मेवारी लिइन र अनलाइन बदमासी विरुद्ध अभियान पनि चलाइन । खासमा उनी सधैं आफ्नै मर्जीकी मालिक हुन्। र्‍याली र अन्य कार्यक्रममा समेत उनी श्रीमानसँग विरलै देखिने गरेका थिइन ।

 

डोनाल्ड ट्रम्प जूनियर
ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई ‘डन जुनियर’ पनि भनिन्छ। ४७ वर्षीय डन जुनियरले ट्रम्प संगठनको कार्यकारी उपाध्यक्षको रूपमा आफ्नो काम जारी राख्न आफ्नो आधिकारिक ह्वाइट हाउस भूमिका छोड्ने योजना बनाएको बताइएको छ। ट्रम्प जूनियर र पूर्व फक्स न्यूज होस्ट किम्बर्ली गुइल्फोइलले ६ वर्षको डेटिङ पछि आफ्नो सबन्ध रद्द गरेको बताइएको छ। तर, उनी ग्रीसका लागि राजदूतको रूपमा पारिवारिक व्यवसायमा रहने छन् ।

 

इभान्का ट्रम्प
ट्रम्पकी जेठी छोरी इभान्का ट्रम्प ह्वाइट हाउस छाडे पछि राजनीतिबाट धेरै टाढा रहिन । उनले ट्रम्पको पहिलो कार्यकालमा बुबाको शीर्ष सल्लाहकारको रूपमा काम गरेकी थिइन् । ४३ वर्षीया तीन सन्तानकी आमाले इभान्कालाई ‘हिम एण्ड हर’ भनिन्छ । ‘म अब सेवा गर्न नफर्किनुको मुख्य कारण यो हो कि मलाई त्यहाँ धेरै समय दिनु पर्छ भन्ने थाहा छ र त्यो मूल्य हो, जुन म मेरा बच्चाहरूबाट खोस्न इच्छुक छैन।’

 

एरिक ट्रम्प
ट्रम्पका दोस्रो छोरा, ४१ वर्षीय एरिक ट्रम्पले आफ्नो बुबाको पहिलो कार्यकालमा ट्रम्प अर्गनाइजेसनको कार्यकारी उपाध्यक्षको रूपमा आफ्नो बुबाको घरजग्गा कारोबारको काम हेरेका थिए।  डन जुनियर जस्तै उनले पनि  पीताको निर्वाचनमा अनौपचारिक सल्लाहकारको रूपमा सेवा गरेका छन्। अक्सर जुलुसहरूमा देखिने मात्रै होइन, बाबुको रक्षा पनि गरिरहेका हुन्थे । उनले यी दुवै भूमिकामा निरन्तरता पाउने अपेक्षा गरिएको छ । उनकी श्रीमती लारा ट्रम्प पप गायिका हुन् । उनले गत वर्ष रिपब्लिकन नेशनल कमिटीको सह–अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

 

टिफनी ट्रम्प

३१ बर्षिया टिफनी आफ्नो बुबाको पहिलो कार्यकालमा धेरै हदसम्म स्पटलाइटबाट बाहिर थिइन्, कहिलेकाहीँ उनीसँग सार्वजनिक रूपमा मात्र देखा परेकी थिइन्। जर्जटाउन विश्वविद्यालय कानून स्नातक केही अभियान कार्यक्रमहरूमा भाग लिइन । उनी मार्ला म्यापल्स पट्टीवाट ट्रम्पको एक्लो सन्तानसमेत हुन्। उनले सन्तानको आशा राख्दै राजनीतिबाट टाढा रहने योजना बनाएकी छिन् ।

ब्यारोन ट्रम्प
पत्नी मेलानिया ट्रम्प आफ्नो पतिको पहिलो कार्यकालमा आफ्नो छोरा ब्यारोनलाई प्रेसबाट जोगाउन लागि परेकी थिइन । तर अब उनी १८ वर्षको भएका छन र आफ्नै राजनीतिक मार्ग बनाउन सुरु गरेका छन ।  ब्यारोन राष्ट्रपति निर्वाचन–२०२४ को अभियानमा प्रमुख रूपमा देखा परेका थिए । अगस्टमा दिएको अन्तर्वार्तामा उनले राष्ट्रपति निर्वाचनका कुरा साझा गरेका थिए कि उनी बुवालाइ सघाउन इच्छुक छन । ६ फिट सात इन्च अग्लो किशोर अहिले न्यूयोर्क विश्वविद्यालयमा अध्ययनरत छन् ।

 

ज्वाँइ जारेड कुश्नर
ट्रम्पका ज्वाइँ जारेड कुश्नर, उनकी श्रीमती इभान्का जस्तै, ट्रम्पको पहिलो कार्यकालमा व्हाइट हाउसका वरिष्ठ सल्लाहकार थिए। उनी ट्रम्प प्रशासनमा पुनः सामेल हुने अपेक्षा गरिएको छैन तर सीएनएनका अनुसार उनले मध्य पूर्वी मामिलाहरूमा राष्ट्रपतिको अनौपचारिक सल्लाहकारको रूपमा काम गर्ने सक्ने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖