• Tuesday 6th of October 2026

गायिका समीक्षा अधिकारीविरुद्ध खनिइन् ज्योति मगर


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायिका ज्योति मगर अर्की गायिका समीक्षा अधिकारीविरुद्ध खनिएकी छन् । समीक्षाले श्री एयरलाइन्सको जहाज डिले भएको विषयमा गरेको टिप्पणीप्रति आक्रोश पोख्दै ज्योतिले प्रकृतिभन्दा माथि कोही पनि नहुने बताएकी हुन् ।

‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरू आज भोलि अधिकांश एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयङ्कर ठुलो स्टार सम्झेको देख्दा मलाइ हाँसो उठ्छ’, उनले समीक्षा लक्षित टिप्पणी गर्दै फेसबुकमा भनेकी छन्, ‘…कुनै पनि एयरलाइन्सहरुले जानी जानी दुःख दिँदैनन् ।

एयरपोर्ट सानो छ । अन्तर्राष्ट्रिय उडा देखि डोमेस्टिक उडान एउटै रनवेमा हुन्छ । विभिन्न टेक्निकल कुराहरू हुन्छन् । जहाजहरू उड्न तथा उडाउन पार्किङ गर्न सबै कुराको अनुमति दिने निश्चित निकायहरू हुन्छन् ।’

फलानो एयरलाइन्स ठिक र फलानो एयरलाइन्स धोकेबाज भन्दै मनगणन्ते कुरा गर्नु बेकारको भएको ज्योतिको टिप्पणी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖