• Tuesday 6th of October 2026

बिग बोस १८ को विजेता करणवीर, खुसी छैनन् पूर्व प्रतियोगी


  • धनकुटा खबर
  • .

चर्चित भारतीय टिभि शो बिग बोस १८ को फाइनल सम्पन्न भएसँगै करणवीर मेहरा विजेता घोषित भएका छन्। यो जितसँगै करणवीरले ५० लाख भारतीय रुपैयाँ नगद पुरस्कार र बिग बोसको ट्रफी जितेका छन्, जसले उनलाई टेलिभिजन शोहरूमा महत्वपूर्ण स्थान दिलाएको छ।

तर, सामाजिक सञ्जालका ट्रेन्डहरूले भिभियन डिसेना र रजत दलाललाई टप २ मा हुने अनुमान गरेको थियो, जसले गर्दा बिग बोस १८ का पूर्व प्रतियोगीहरूले पनि आफ्नो मनपर्ने प्रतियोगीलाई समर्थन गरेका थिए।

जब करणवीर मेहराले ट्रफी जिते, शोका पूर्व प्रतियोगीहरूको अनुहारमा खुशी देखिएन। धेरैले पापाराजीको अगाडि आफ्नो निराशा व्यक्त गरेको भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन्।

नतिजापछि अभिनेत्री यामिनी मल्होत्राले भनिन्, ‘मेरो मुटु टुटेको छ। हामीले रजत भाइलाई साथ दियौं। मलाई अविनाश मिश्रा मन पर्छ। उनी पनि धेरै चाँडो बाहिरिए। भिभियन वा रजतले जित्नुपर्ने थियो।

तर अब यदि करणवीरले जिते भने त्यो उनको भाग्य हो। अब के गर्न सकिन्छ? हाम्रो मन दुखेको छ। हामीलाई रजत र भिभियन शीर्ष २ मा हुनेछन् भन्ने लागेको थियो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖