• Tuesday 6th of October 2026

आफूलाई अस्पताल पुर्‍याउने अटो रिक्सा चालकलाई भेटे सैफले


  • धनकुटा खबर
  • .

मुम्बई । सैफ अली खानले उनलाई अस्पताल पुर्‍याउने अटो रिक्सा चालक भजन सिंह राणालाई भेटेका छन् । समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै भजन सिंह राणाले आफूले मंगलबार अभिनेतालाई भेटेको स्वीकार गरे।

उनले भने, ‘मलाई मंगलबार एक व्यक्तिको फोन आयो र उनले मलाई लीलावती अस्पतालमा बोलाए । म दिउँसो ३:३४ मा त्यहाँ पुगेर सैफ अली खान र उहाँको परिवारलाई भेटेँ। उहाँले मलाई आफ्नो नजिकै बसाउनु भयो र मेरो काँधमा हात राखेर मलाई बधाई दिनुभयो। मैले उहाँकी आमालाई पनि भेटेँ । उहाँले हात जोड्नुभएको थियो तर मैले उहाँको खुट्टा छोएँ। यति ठुलो स्टारको खुट्टा छुँदा मलाई खुसी लाग्यो।’

राणाले थप भने, ‘घटना भएको रात मैले पैसा वा अरू केही सोचिनँ, ज्यान जोगाउनमात्र खोजेको थिएँ।’ यसअघि बान्द्रा प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको थियो ।

भजनसिंह राणाको बहादुरीबारे चर्चा भएपछि उनलाई सहयोग गर्न धेरै व्यक्ति र संस्थाहरू अगाडि बढिरहेका छन् । समाजसेवी फैजान अन्सारीले ११ हजार रुपैयाँ दिएको भजनसिंह रानाले बताए । सैफ अली खानले पनि सहयोगको आश्वासन दिएका छन् ।

गत जनवरी १६ को बिहान मुम्बईको बान्द्रास्थित सैफको घरमा एक व्यक्ति प्रवेश गरे र अभिनेतालाई छुरीले आक्रमण गरी घाइते बनाए। त्यसपछि अटो चालकले घाइते सैफलाई लीलावती अस्पताल पुर्‍याएका थिए ।

सैफ मंगलबार अस्पतालबाट डिस्चार्ज भएका थिए । अस्पतालबाट बाहिर निस्कँदा उनको हात र घाँटीमा टाँका देखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖