• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पको घोषणा बिरूद्द पनामाले दियो राष्ट्र संघमा उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौं, १० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिने बित्तिकै पनामा नहर कब्जा गर्ने धम्की दोहोर्याएका थिए । 

 

ट्रम्पसँग अहिले विश्वको सबैभन्दा शक्तिशाली सेना छ, यदि उसले धम्की दियो भने अमेरिकाले सेना पठाएर यो रणनीतिक नहर कब्जा गर्ने प्रयास गर्न सक्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

 

तर, ट्रम्पको धम्की पछि पनामाले भने संयुक्त राष्ट्र संघको बाटो हेरेको छ । पनामाको तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखिएको छ । 

 

यस पत्रमा पनामाले संयुक्त राष्ट्र बडापत्रको त्यो धारालाई उद्धृत गरेको छ, जसले देशको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्ध बलको प्रयोग वा धम्कीलाई रोक्ने क्षमता राख्छ । ट्रम्पको धम्कीलाई चिन्ताजनक भन्दै पनामाले यसबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्मा छलफल गर्नुपर्ने बताएको छ, यद्यपि, पत्रमा तत्काल सुरक्षा परिषदमा बैठक बोलाउन माग भने उसले गरेको छैन।

 

यस अघि ट्रम्पले चुनावी भाषणको क्रममा दिएको पनामा नहरसँग सबन्धित अभिब्यक्तिका बारेमा पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले अमेरिकाले पानामालाई नहर उपहार दिएको भन्दै ट्रम्पको दाबीलाई अस्वीकार गरेका थिए । स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा मुलिनोले भने, ‘ट्रम्पले भनेका सबै कुरालाई हामी पूर्ण रूपमा अस्वीकार गर्छौं। पहिलो, यो झूट हो र दोस्रो, पनामा नहर पनामाको हो र सधैं पनामाको रहनेछ। पनामा नहर अमेरिकाले दिएको उपहार वा सहयोग थिएन।’

 

गत सोमवार भएको सपथ ग्रहण कार्यक्रममा ट्रम्पले पनामा नहरको स्वामित्व अमेरिकाले लिने बताउँदै चीनको निगरानी हटाउने घोषणा गरे पछि पनामाले राष्ट्र संघ गुहारेको हो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖