• Tuesday 6th of October 2026

सन्यासी बनेपछि ममता कुलकर्णी : २३ वर्षदेखिको तपस्या पुरा भयो


  • धनकुटा खबर
  • .

मुम्बई । कुनैबेलाकी चर्चित बलिउड अभिनेत्री ममता कुलकर्णीले सन्यासी जीवन सुरु गरेकी छन् । उनी किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् । उनले भारतको प्रयागराजको संगम किनारमा पिण्ड दान गरिन् । अब उनलाई यमाई ममता नन्द गिरीको रुपमा चिनिनेछ ।

उनले सांसरिक जीवन त्यागेकी छन् । ५३ वर्षीया ममता शनिबार बिहानै महाकुम्भमा किन्नर अखाडा पुगेकी थिइन् । उनले किन्नर अखाडाका आचार्य महामंडलेश्वर लक्ष्मीनारायण त्रिपाठीलाई भेटेर आशीर्वाद लिइन् । दुईजनाबीच महामंडलेश्वर बन्ने विषयमा करिब एक घण्टा छलफल भएको थियो । त्यसपछि किन्नर अखाडाले उनलाई महामंडलेश्वरको उपाधि दिने घोषणा गरे ।

त्यसपछि महामंडलेश्वर लक्ष्मीनारायण त्रिपाठी ममतासँगै अखिल भारतीय अखाडाका अध्यक्ष रवीन्द्र पुरी पुगेका थिए । ममता र पुरीबीच लामो कुराकानी भयो । यस अवधिमा किन्नर अखाडाका पदाधिकारीहरू पनि उपस्थित थिए । त्यसपछि उनको महामंडलेश्वर बनाउने प्रक्रिया सुरु भयो ।

ममता महाकुम्भमा साध्वीको रुपमा सहभागी भएकी थिइन् । उनले केशरी रङ्को लुगा लगाएकी थिइन् । घाँटीमा दुईवटा ठूला रुद्राक्षको माला लगाएकी थिइन् । काँधमा केसरको झोला पनि झुण्डिएको थियो । ममताले महाकुम्भमा आउनु र त्यहाँको भव्यता हेर्नु आफ्नो लागि निकै यादगार पल भएको बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖