• Tuesday 6th of October 2026

काममा हिडन थाले सैफअली, आरोपीद्दारा शाहरूखको नि चोरी गर्न गएको स्विकार


  • धनकुटा खबर
  • .

मुम्बइ, १४ माघ । सैफ अली खानलाई जनवरी १६ मा बान्द्राको ११औं फ्लोरमा रहेको फ्ल्याटमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेपछि हालै लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको थियो । 

 

यसपछि २६ जनवरीमा उनी पहिलो पटक पत्नी करीना कपूर खानसँग बाहिर निस्किएको देखिएको छ । यस क्रममा उनको घरको नयाँ सुरक्षाको झलक पनि भिडियोमा देखिएको छ ।

 

वास्तवमा पापाराजीले सेयर गरेको भिडियोमा सैफ अली खान आफ्नो बान्द्राको घरबाट बाहिर निस्केको देखिन्छ । जहाँ ग्रे रंगको स्वेटसर्ट र टोपी लगाएकी करिना सैफको अगाडि कारमा बसेकी थिइन् । भिडियोमा सैफ जिन्स र नीलो शर्टमा देखिएका थिए र उनको वरिपरि सुरक्षाकर्मीको टोलीसमेत रहेको थियो। दुवै जना गाडीमा चढेर बाहिर निस्किए हुन । र, अर्को कार पनि उनको घरको गेटबाट बाहिर सँगसँगै निस्किएको थियो ।

 

अर्को भिडियोमा भने करीना आफ्नो फिंगरप्रिन्टले अपार्टमेन्टको लबीको ढोका खोल्दै देखिएकी छिन्। जहाँ अन्य कर्मचारीहरु कार्ड लिएर सैफको लागि ढोका खोलेको देखिन्छ ।

 

उता, सीआईडीले फिंगरप्रिन्ट नमूनाहरूको नेगेटिभ रिपोर्ट मुम्बई पुलिसलाई दिएको छ तर घटनास्थलबाट सङ्कलन गरिएका नमूना मध्ये १९ नमूना भने आरोपीको औंठा छापसँग मेल खाँदैनन्। अभियुक्त शरीफुलका सबै १० औंठाछापहरू राज्य सीआईडीको फिंगरप्रिन्ट ब्युरोमा पठाइएको थियो।

 

यसबाहेक अनुसन्धानका क्रममा अभियुक्त मोहम्मद शहजादको नयाँ कुरा पनि बाहिर ल्याएका छन । जसमा उनले अभिनेता शाहरुख खानको बंगला  ‘मन्नत’मा  गर्न खोजिएको चोरी असफल भए पछि सैफको घरमा पसेको बताएको एनडिटिभीले उल्लेख गरेको छ । 

 

आरोपितले भारतीय कागजात बनाउन पैसा चाहिने भएकाले यो सब गरेको बयानमा जनाएका छन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖