• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा


  • धनकुटा खबर
  • .

जेनेभा, १५ माघ । प्यालेस्टाइनी–अमेरिकी पत्रकार अली अबुनिमाहले स्विजरल्याण्डवाट रिहा भएका छन । 

 

स्विस अधिकारीले उनलाई तीन दिनसम्म हिरासतमा राखेर रिहा गरेको र निर्वासन गरेको जनाएका छन ।

 

इलेक्ट्रोनिक इन्टिफाडा प्रकाशनका कार्यकारी निर्देशक अबुनिमाहले गत सोमबार एक सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन कि स्विट्जरल्याण्डले प्यालेस्टिनी अधिकारको वकालत गरेको कारणले उनलाई पक्राउ गरेको हो।

 

‘मेरो अपराध भनेको प्यालेस्टाइनको पक्षमा बोलेको थिए तथा  इजरायलको नरसंहार र त्यहाँ बसोबास गराउने औपनिवेशिक बर्बरता र त्यसलाई सहयोग गर्ने  गर्नेहरूको विरुद्धमा बोल्ने पत्रकारको रूपमा देखिए पछि पक्राउ गरियो’ उनले लेखेका छन ।

 

अबुनिमाहलाई शनिबार ज्यूरिखमा पक्राउ गरिएको थियो, उनले सो शहरमा भाषण दिएका थिए, जसका कारण प्यालेस्टिनी अधिकारकर्मीबाट स्विस अधिकारीको आक्रोश जगाएको थियो ।

 

तर, स्विस प्रहरीले भने अबुनिमाहको गिरफ्तारीको मुख्य कारणको देशको अध्यागमन कानून अन्तर्गत प्रवेश प्रतिबन्ध र अन्य बिषयहरू रहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖