• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आज हमासले रिहा गर्ने बन्धकहरुको सूची सार्वजनिक, विपिन जोशी बारे के भन्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले बिहीबार गाजामा हमासद्वारा रिहा गरिने बन्धकहरूको नाम सार्वजनिक गरेको छ। जसमा तीन इजरायली र पाँच जना थाइ नागरिकहरू मुक्त गरिने पुष्टि गरिएको छ।

आज हमासले दिएका नामहरूको सूची कतार र इजिप्टका मध्यस्थकर्ताबाट इजरायली प्रधानमन्त्रीको कार्यालयले पाएको हो । सूचीमा समेटिएकाहरुमा अर्बेल येहुड (२९ वर्ष), अगम बर्गर (१९) र गाडी मोसेस (८०) छन् । रिहा गरिन लागेका पाँच जना थाइ नागरिकहरूको नाम भने सार्वजनिक गरिएको छैन।

अक्टोबर ७ को हमलामा हमास र अन्य सशस्त्र समूहहरूले अपहरण गरेका ३३ इजरायली बन्धकहरूलाई मुक्त गर्न इस्राइल–हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गराउने सम्झौताअनुसार छुटकारा दिइएको हो । अहिलेसम्म दुई चरणमा बन्धकहरूको रिहाइ भइसकेको छ।

इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरका अनुसार छुटकारा गरिन लागेका बाँकी आठ जना इजरायली बन्धकहरूको भने दु:खद मृत्यु भएको छ । सम्झौताअनुसार पहिलो चरणमा इजरायलले झन्डै २,००० प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गर्नेछ। हमासले भने रिहा गर्ने भनेका आठ जनाको मृत्यु भएको भनेको छ ।

नेपालका विपिन जोशी भने जिवितै रहेको दाबी उनीहरुको छ । तर अहिले नै रिहा गरिनेको सूचीमा उनको नाम परेको छैन । यो युद्धविरामले अक्टोबर ७ को हमलापछि १५ महिनाभन्दा बढी समयसम्म इजरायली बमबारी खेपेका गाजाका नागरिकहरूलाई राहत दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖