• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आज थप ८ बन्दी रिहा गर्दै हमास, विपीनको अवस्था अझै अज्ञात


  • धनकुटा खबर
  • .

एजेन्सी । प्यालेष्टिनी हमास समूहले आज थप ८ जना बन्दी रिहा गर्दैछ ।

युद्धविराम सम्झौता अन्तर्गत हमासले तीन इजरायली र पाँच थाइ बन्दीलाई रिहा गर्न लागेको हो ।

इजरायली सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रिहा हुनेछन् ।

पाँच थाई नागरिकको नाम भने खुलाइएको छैन ।

नेपाली नागरिक विपिन जोशीको अवस्था र रिहाबारे अहिलेसम्म केही खबर आएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖