• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ह्वाइट हाउस नजिकै ६४ जना सवार विमान दुर्घटना


  • धनकुटा खबर
  • .

अमेरिकाको राजधानी वाशिङ्टन, डीसी नजिकै रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको छ।

अमेरिकन एयरलाइन्सले सीएनएनलाई उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार भएको जानकारी दिएको छ।

यात्रुवाहक विमान कन्सास सिटीबाट राजधानीतर्फ जाँदै गर्दा हेलिकप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको हो। विमान अवतरण गर्ने क्रममा थियो तब यो आकस्मिक दुर्घटना भएको हो।

घटनाले अमेरिकामा त्रास फैलाएको छ। विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र अवतरण रोकिएका छन्। विमान र हेलिकप्टरका भग्नावशेष नदीमा खसेका छन्।

दुर्घटनापछि खोजी तथा राहत कार्य जारी छ। ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुर्घटनाबारे जानकारी दिइएको पुष्टि गरेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖