• Tuesday 6th of October 2026

जब सनी देओललाई २१ वर्ष कान्छा अभिनेताले हाने थप्पड


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सनी देओल अभिनयका कारण चर्चामा रहन्छन्।
उनी आफ्नो फिल्ममा भिलेनलाई मारपीट गर्छन्। तर एकपटक उनलाई २१ वर्ष कान्छा अभिनेताले थप्पड हानेका थिए। यो घटना ‘घायल वन्स अगेन’ को सेटमा भएको हो।

यस फिल्ममा सनी देओलसँगै सोहा अली खानको अभिनय थियो। फिल्मको एक सीनमा सोहाले सनीलाई थप्पड हान्नु पर्ने थियो। आफ्नो अभिनयमा सोहा यसरी डुबेका थिए कि उनलाई थप्पड हान्ने कि अभिनय गर्ने भन्ने थाहै भएन। उनले साच्चै सनी देओलाई थप्पड हाने।

सोहाका अनुसार थप्पड यति जोरदार थियो कि पुरै सेटमा सन्नाटा छाएको थियो। सट सकिएपछि सोहाले सनीसँग पटक पटक माफी मागेका थिए। सनीले पनि उनलाई माफी दिएका थिए।

सनी यतिबेला आफ्नो आगामी फिल्म ‘बोर्डर २’ को कारण चर्चामा छन्। यो फिल्म सन् २०२६ मा प्रदर्शन हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖