• Tuesday 6th of October 2026

लाइभ कन्सर्टको क्रममा सोनू निगमको स्वास्थ्यमा समस्या


  • धनकुटा खबर
  • .

भारतीय गायक सोनू निगमको पुणेमा लाइभ कन्सर्टको क्रममा स्वास्थ्यमा समस्या आएकोे छ।

सोनूले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। ‘यो मेरो जिन्दगीको सबैभन्दा कठिन दिन रह्यो। तर सन्तुष्टिले भरिएको थियो। म गीत गाइरहेको थिएँ र साथै हलिदै थिएँ।

जसको कारण मेरो ढाडमा ऐंठन सुरू भयो। यसपछि मैले आफूलाई केही गरी सम्हाले। किनकी म दर्शकको आशा तोड्न चाहन्न थिएँ। त्यसैले मैले आफ्नो कन्सर्ट पूरा गरे। मलाई खुशी लागिरहेको छ कि सबै ठिक छ,’ उनले भने।

उनको ढाडमा दुखाई हुँदा पनि उनले आफ्नो कन्सर्ट पूरा गरेका थिए। सोनूले केही तस्बिर सार्वजनिक गरेपछि उनका फ्यानले स्वास्थ्य लाभको काम गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖