• Tuesday 6th of October 2026

‘भ्वाइस’ स्टेजमा सानदार प्रस्तुति : पछिल्ला एपिसोडमा कसले चारै कुर्सी घुमाए ?


  • धनकुटा खबर
  • .

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पछिल्ला दुबै एपिसोड पनि खास रहे । ट्यालेन्टले आफ्नो प्रतिभामार्फत कुर्सी घुमाउन कोचलाई बाध्य तुल्याए ।

सानदार प्रस्तुति दिएर केही ट्यालेन्ट छनोट हुँदा केही भने छनोट हुन सकेनन् । पछिल्ला एपिसोडमा प्रतिस्पर्धा कसिलो बन्न थालेपछि कोच पनि छनोटमा चुजी भनेको प्रष्ट देखियो । जसले गर्दा, छनोट हुने सम्भावनाका ट्यालेन्ट पनि छनोट भएनन् ।

जसले गर्दा भ्वाइसका पछिल्ला एपिसोड चाखलाग्दो र प्रतिस्पर्धात्मक बनिरहेको देखिएको छ । ‘अब पछिसम्मको लागि हेरेर मात्र प्रतिस्पर्धामा उत्रने खरो ट्यालेन्ट छनोट गर्न जरुरी देखिएको छ’ शनिबारको एपिसोडमा कोच राजु भन्दै थिए । कोच मेलिना राईले पनि आउने ट्यालेन्टबीच १९/२० को फरक भएपनि प्रतिस्पर्धा हेरेर छनोट गर्न आफूहरू बाध्य भएको बताइन् ।

जसले गर्दा, ब्लाइन्ड अडिसनका पछिल्ला एपिसोड प्रतिस्पर्धात्मक हुने देख्न सकिन्छ । यो पटकको ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धीले आफूलाई योग्य सावित गर्न कठिन प्रयास गर्नुपर्‍यो । यस सिजनमा २५ प्रतिस्पर्धीले चारै कोचको कुर्सी घुमाउन सफल भएको खबर पहिले नै सार्वजनिक भइसकेको थियो ।

अब पछिल्लो एपिसोड ५ र ६ मा पनि ५ जना प्रतिस्पर्धीले चारै कोचको कुर्सी घुमाउन सफलता प्राप्त गरेका छन् । खोटाङका ३७ वर्षीय रोशन राईले नारायण गोपालको कालजयी गीत ‘लौ सुन म भन्छु’ गाएर सबैको ध्यान खिचे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖