• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मोदी र ट्रम्प बिचमा १३ फ्रेबुअरीमा भेट हुने तय


  • धनकुटा खबर
  • .

नयाँदिल्ली, २३ माघ । प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी १३ मा अमेरिकी राजधानी वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन्। 
 
फ्रान्समा एआई शिखर सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री मोदी १२ फेब्रुअरी साँझ वाशिंगटन डीसी पुग्नेछन् र त्यहाँ १४ फेब्रुअरीसम्म रहने छन्। यस अवधिमा मोदी र ट्रम्पको भेट ह्वाइट हाउसमा भेटघाट हुनेछ ।
 
राष्ट्रपति ट्रम्पको तर्फबाट प्रधानमन्त्री मोदीको सम्मानमा डिनर कार्यक्रमको तयारी भइरहेको छ, जसमा अमेरिकाका चर्चित व्यक्तित्वहरुसमेत सहभागी हुने छन् । अमेरिकी कर्पोरेट नेताहरूसँग भेट गर्नुका साथै प्रधानमन्त्री मोदीले भारतीय समुदायका मानिसहरूलाई पनि सम्बोधन गर्नेछन्।
 
दुई देशबीचको सम्बन्धको प्रगतिको प्रतीकका रूपमा रहेको यो बैठक पाँच वर्षपछि हुन लागेको हो । सन् २०१९ मा अमेरिकामा ‘हाउ दि मोदी’ कार्यक्रमको प्रतिक्रिया स्वरूप राष्ट्रपति ट्रम्प सन् २०२० मा भारत आएका थिए। त्यस समयमा उनले गुजरातमा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा भाग लिए र २६ जनवरी को गणतन्त्र दिवस परेडको मुख्य अतिथि बनेका समेत थिए।
 
मोदी–ट्रम्प भेटको उद्देश्य भारत–अमेरिका रणनीतिक साझेदारीलाई थप मजबुत बनाउनु रहेको छ । दुई नेताले आपसी सम्बन्धका साथै विश्वका विषयमा पनि साझा रणनीति बनाउने प्रयास गर्नेछन् । यस अवधिमा दुईबीच धेरै विषयमा छलफल हुने सम्भावना रहेको जनाइएको छ ।
 
राष्ट्रपति ट्रम्पले क्वाड (अमेरिका, भारत, जापान, अष्ट्रेलिया) देशहरूसँग सहयोग बढाउने योजना बनाएका छन्, जुन इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न महत्त्वपूर्ण मानिएको छ। ट्रम्पले सपथ लिने बित्तिकै उनले क्वाड देशका विदेशमन्त्रीहरूको बैठक आयोजना गरेका थिए । 
 
प्रधानमन्त्री मोदीलाई भेट्नुअघि जापानका प्रधानमन्त्रीसँग भेट हुनेछ । प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणपछि राष्ट्रपति ट्रम्प पनि आगामी केही महिनामा क्वाड सम्मेलनमा भाग लिन भारत आउने छन् । यी सबैबाट मोदी–ट्रम्पको विदेश नीतिको केन्द्र विन्दुमा चीनसँग सम्झौता गर्ने रणनीति हुने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖