• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भारतमा वायुसेनाको विमान दुर्घटना


  • धनकुटा खबर
  • .

नयाँदिल्ली । भारतको मध्य प्रदेशको शिवपुरीको नरवर क्षेत्रमा वायुसेनाको विमान दुर्घटना भएको छ ।

दुर्घटनामा दुवै पाइलट सकुशल रहेका भारतीय सञ्चारमाध्यम एबीपी न्युजले लेखेको छ । जेटले घरहरू बचाउने क्रममा खाली ठाउँमा क्र्यास ल्यान्डिङ गरेको जनाइएको छ । विमानमा दुई जना पाइलट मात्र रहेका थिए ।

बिहीबार शिवपुरी नजिकै दुई सिट भएको मिराज २००० फाइटर प्लेन नियमित प्रशिक्षण उडानमा क्रममा दुर्घटनामा परेको जनाइएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिइएको रक्षा अधिकारीले बताएका छन्। यसबारे थप जानकारी संकलन भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖